Logo

उपमेयरको नेतृत्वमा काठमाडौं महानगरद्वारा बजार अनुगमन (तस्बिरहरू)



काठमाडौं, असोज ११ । काठमाडौं महानगरपालिकाले आजबाट चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । मंगलबार महानगरकी उपमेयर सुनिता डंगोलसहितको अनुगमन टोलीले मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, बागबजार, खसिबजार क्षेत्रमा अनुगमन गरेको हो । महानगरले बागबजार क्षेत्रका किराना, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको थियो ।

चाडवाड नजिकिएसँगै बजारमा व्यापारीले मनपरी सामानको मूल्य लिने, कम तौलका सामान बिक्री गर्ने, उपभोग्य मिति सकिएका सामान बिक्री गर्ने लगायतका गुनासो आउने गरेको छ ।

उपभोक्ताको हितलाई ध्यानमा राखेर अनुगमनलाई तीव्र पारिएको उपमेयर डंगोलले बताइन् । ३ वटा समूहसहित परिचालन भएको अनुगमन टोलीले सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको छ।



प्रतिक्रिया दिनुहोस्