Logo

आज नेपाल र बंगलादेश भिड्दै



काठमाडौं,असोज ११ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:३० बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । तीन महिनापछि मैदान उत्रिन लागेको नेपाल घरेलु दर्शकमाझ जीत निकाल्न चाहन्छ । गत जुनमा एएफसी एसियन कप छनोट खेलेपछि नेपाल पहिलोपटक मैदानमा उत्रिन लागेको हो । बंगलादेशविरुद्धको पछिल्लो चार खेलमा अपराजीत रहेको नेपाल आजपनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

नेपाली टोली आज किरण चेम्जोङको कप्तानीमा रहनेछ । यता बंगलादेश भने कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उक्त खेलमा बंगलादेश १-० गोलले विजयी भएको थियो । बंगलादेशले पछिल्लो ५ खेलमा एक जीत, एक बराबरी र तीन हारको नतिजा निकालेको छ ।

दुई टोली बीच भएको २७ भेटमा बंगलादेशले १४ खेल आफ्नो पोल्टामा पार्दा नेपालले ८ खेल जीतेको छ । दुई टोलीबीचको पाँच खेल बराबरीमा सकिएको छ । नेपाल र बंगलादेशबीच साफ च्याम्पियनसिप अन्तर्गत भएको पछिल्लो भेट १-१ गोलको बराबरीमा सकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्