Logo

हिमाल दोलखा हाईड्रोपावरको शेयर बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल



काठमाडौं, ११ असोज । हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा गत असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाईडो पावर कम्पनीको हालको पुँजी १,६०,००,००,००० को प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयरको ०.७५ प्रतिशत को अनुपातमा १,२०,००,००० कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्