Logo

कांग्रेस संस्थापन पक्षले पत्रकार सम्मेलन गर्दै



काठमाडौं, ११ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समुहले बाहिर ल्याएको विषयमा आज पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

कांग्रेस संस्थापन पक्षले केन्द्रीय पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

कोइराला समुहले समानुपातिक तर्फका उम्मेदवार छनोटमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाउँदै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । कोइराला पक्षले भोलि १२ गते पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम राखेको छ ।

तर, संस्थापन पक्षले भने पार्टीभित्र सर्वसम्मत भएको निर्णयबारे सडकमा भ्रम छर्ने काम कोइराला पक्षले गरेको बताइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्