Logo

आफूलाई बलात्कार गर्ने नेतालाई कोठामा ताला लगाएर एयर होस्टेसले बोलाइन प्रहरी



एजेन्सी, ११ असोज । आइतबार भारतको राजधानी दिल्लीको महरौली क्षेत्रमा बलात्कारको आरोपीलाई पीडित युवतीले घरमा थुनेर राखिन् । त्यसपछि पीडितले ११२ डायलमा फोन गरेर उनलाई पक्राउ गरिन् ।

दक्षिण दिल्लीको प्रहरीको अनुसार महरौली पीसीआरमा एक महिलाले ११२ मा फोन गरिन्। ति महिला एयर होस्टेस थिइन् । प्रहरी घटनास्थल पुगेपछि डेढ महिनादेखि चिनजानका हरजित यादव नामका व्यक्तिले मदिरा सेवन गरी बलात्कार गरेको महिलाले बताएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

कोठामा थुनिएका हरिजितलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । हरिजित खानपुरका हुन् र कांग्रेस पार्टीका ब्लक प्रमुख हुन्। यस घटनामा महिलाको बयानका आधारमा प्रहरीले बलात्कार, शरीरमा जानाजानी क्षति पु¥याएको आरोपमा एफआइआर दर्ता गरेको छ ।

अभियुक्तलाई हिरासतमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्त र पीडितबीच कसरी मित्रता भयो भनेर पनि अनुसन्धान गरिरहेको छ ।

दुवैको सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट जोडिएर अनुसन्धान भइरहेको छ । यसका साथै अभियुक्तको अन्य सम्पर्कको पनि खोजी भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्