Logo

मध्य दशैंमा गठबन्धनले सिट बाँडफाँटको सरप्राइट निर्णय गर्ने, कस्ले पाउलान् टिकट



काठमाडौं, ११ असोज । सत्ता गठबन्धनले १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभाको टिकट बाँडफाँट निर्णायक चरणमा पुगेको छ । दुई दर्जन सिटबाहेक प्रतिनिधि सभाको सबै सिटमा सहमति बनिसकेको बुझिएको छ । यसका आधारमा प्रदेश सभाको टिकट पनि बाँडफाँटका लागि गृहकार्य चलिरहेको छ ।

अहिले नै टिकट बाँडफाँटको निर्णय लिंदा असन्तुष्ट समूहहरु उठ्न सक्ने भएकाले गठबन्धनका नेताहरुले मध्य दशैंमा निर्णय लिने रणनीति बनाएका छन् । सबै दशैं मनाइरहेको अवस्थाबीच निर्णय लिएर असन्तुष्ट समूहलाई एकजुट हुन या विद्रोहको वातावरण निर्माण हुन नदिने गरी लागेका छन् ।

अहिलेसम्म कुरा मिल्न नसकेकोमा झापा, मोरङ, ललितपुर, काठमाडौंका अलावा तराईका जिल्लाहरुका केही सिटहरु रहेका छन् । प्रतिनिधि सभामा र प्रदेश सभामा सिट बाँडफाँटमा कुरा मिलाउने तयारी भइरहेको छ । विशेषगरी जुन दलको यसअघि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य थिए उसैलाई टिकटमा प्राथमिकतामा राख्ने गरी प्रक्रिया बढाइएको छ ।



प्रतिक्रिया दिनुहोस्