Logo

हामी हाम्रो देश आँफै चलाउन चाहन्छौं : रेखा थापा (भिडिओसहित)



काठमाडौं, ११ असोज । राप्रपाकी नेतृ रेखा थापाले आफूहरुले आफ्नो देश आँफै चलाउन चाहेको स्पष्ट पारेकी छिन् । उनले आफ्नो देश अरु शक्तिले चलाएको आफूहरुले हेर्न नचाहेको बताईन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारीको सुव्यवस्था हुनुपर्नेमा जोड दिईन् ।

उनले आफू पनि संसद्को निर्वाचन लड्न लागेको बताईन् । उनले सुकुम्वासी समस्याको अन्त्य गर्न सकिने पनि विश्वास दिलाईन् । आफ्नो पार्टीले यो समस्या समाधान गर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्