Logo

हिमालयन रि इन्सुरेन्सको घोटालाकाण्डको फाइल खुले नाम चलेको उद्दोगीव्यवसायी जेल जाने



काठमाडौं, ११ असोज । हिमालयन रि इन्सुरेन्स कम्पनीको नाममा भएका घोटालाको फेहरिस्ताले आर्थिक क्षेत्रमा ठूलो हलचल हुने वातावरण विकास भएको छ । कम्पनीको नाममा नाम चलेका उद्दोगीव्यवसायीले अर्बौ रुपैयाँको सेटिङ गरेको खुल्दै गएको छ । यसले भ्रष्टाचार गर्ने र गराउने दुवै गरेर देशको समग्र अर्थजगतमै असर पारेको छ ।

हिमालयन रि इन्सुरेन्सको लाइसेन्स वितरणमा नै ठूलो घोटाला भएको थियो । ९ मंसिर २०७९ मा बीमा समितिमार्फत् लाइसेन्स वितरण हुँदा घोटाला भएको थियो । नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय पनि त्यतिबेला गराइयो । ५ जेठ २०७९ मा नेपाल पुनर्बीमा कम्पनीको प्रत्यक्ष बीमा हिस्सा खोज्ने निर्णयमा पनि अरबौंको घोटाला भएको थियो ।

एकपछि अर्को घोटालाहरु हुनथालेपछि अख्तियारमा हिमालयन रि इन्सुरेन्सको विषयमा उजूरीहरु परेका छन् । अख्तियारमा परेका उजूरीबारे छानबिन हुने हो भने योसँग जोडिएका धेरै व्यक्तिहरु जेल जाने अवस्था आउनेछ । तर, अख्तियारमा उजूरी परेपनि छानबिन बढेको छैन । यसले अनेकन आशंकाहरु जन्माएको छ ।

हिमालयन रि इन्सुरेन्सलाई अरबौंको व्यापार सुनिश्चित गर्ने गरी बीमा समितिबाट घोटाला गराइएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लाइसेन्स दिइएको यो कम्पनीमा अनेकन चलखेलहरु भएका छन् । वार्षिक ६ अर्ब रुपैयाँ फाइदा हुने गरी सुनिश्चित गरिएको छ । यसमा ठूलै कमिशनको खेलहरु भएको चर्चा चल्ने गरेको छ । जसका कारण इमान्दारिताका साथ अनुसन्धान भए जिम्मेवार व्यक्तिहरु धेरै कारबाहीको दायरामा आउन सक्छन् ।



प्रतिक्रिया दिनुहोस्