Logo

विवादास्पद चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीले कसरी पायो फाष्ट ट्रयाक र सिद्धबाबा टनलको निर्माण ठेक्का



काठमाडौं, ११ साउन । यतिबेला बुटबल-नारायणगढ सडकखण्ड अलपत्र पार्ने गतिविधिहरु छताछुल्ल भएको छ । विवादास्पद चिनियाँ कम्पनी चाइना स्पटेट कन्स्ट्रक्सनलाई मोटो कमिसनमा ठेक्का दिएकोमा अहिले काममा ढिलाई र विगतमै योजना बनाएर लागत बढाउने खेलहरु खुल्न थालेका छन् ।

सडकको निर्माण समयमै पूरा नहुने भएपछि निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी गएको छ । सडक विभागले १८ प्रतिशत मात्र काम भएको, काममा सुस्तता देखिएको भन्दै सूचना जारी गरेर ९ असोजमा चेतावनी दिएको हो । यसले उक्त कम्पनीको गलत गतिविधि र जिम्मेवार नेता देखि कर्मचारीलाई प्रभावमा पारेर लाभ लिदै आएको तथ्य खुलेको छ ।

चाइना स्टेट कन्स्ट्रक्सनले बदमासी गर्दा गर्दै नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको फाष्ट ट्रयाकको प्याकेज १ को ठेक्का पाएको थियो । २०७८ को वैशाखमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त कम्पनीले ठेक्का पाउन सक्यो । त्यतिबेला पूर्णचन्द्र थापा प्रधानसेनापति थिए । २१ अर्ब ६१ करोडको ठेक्का पाउन कम्पनीले सुरु देखि नै योजनावद्ध तरिकाले सेटिङ गरेको थियो । प्रिक्वालिफिकेशनमै अन्य कम्पनीलाई रोक्न खेलहरु भए । बुटबवल-नारायणगढ सडकमा काम राम्ररी नगरेको जान्दा जान्दै फाष्ट ट्रयाक उक्त कम्पनीलाई कसरी मिल्यो भन्नेबारे अध्ययनहरु हुन थालेका छन् ।

राष्ट्रिय गौरवका आयोजना बर्बाद पार्ने कम्पनीले फाष्ट ट्रयाक मात्र पाएन सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको ठेक्का पनि पाएको छ । बुटबल-पाल्पा सडक खण्डको उक्त सुरुङमार्ग ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँमा ठेक्का लिने आवेदनमा उक्त कम्पनीले बाजी मारेको थियो । जबकि यो कम्पनी फाष्ट ट्रयाकमा विवादमा परेर निलम्बनमा परेको तथ्य छ । यसका बाबजुद सिद्धबाबा सुरुङमार्ग पनि चाइना स्टेट कम्पनीले नै पाउनुले निर्माण व्यवसायी क्षेत्रमा तरंग नै आयो ।



प्रतिक्रिया दिनुहोस्