Logo

कांग्रेसको समानुपातिकमा ११० मध्ये कोइराला समुहका जम्मा १३ जना



काठमाडौं, ११ असोज । सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेसमा अहिले डा.शेखर कोइराला समुहले असन्तुष्टि जनाइरहेको छ । समानुपातिकतर्फको बन्द सूचीमा १ सय १० मध्ये कोइराला समुहका १३ जनामात्रै परेका छन् ।

कोइराला समुहबाट प्रतिमा गौतम, लीला बोखिम, केशरमान रोका, हस्तबहादुर मल्ल, केदारनरसिंह केसी, टेकबहादुर गुरुङ, डा.चन्द्रमोहन यादव, उमा दाहाल मैना रावल कार्कीे, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादवको नाम सूचीमा रहेको छ ।

तर शेखर–गगन समुहले भने ४० प्रतिशत उम्मेदवारी माग गर्दै आएको छ । सूची संशोधन नगरे विद्रोह गर्ने चेतावनीसमेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस्