Logo

मेडिसिटीमा मष्तिष्क पक्षघातपछिको पूनःस्थापना विषयक दुई दिने अन्तर्राष्ट्रिय प्रशिक्षण



काठमाडौं, १२ असोज । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले मंगलबार काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रशिक्षक सहित मष्तिस्क पक्षघात पछिको पूनःस्थापना विषयमा दुइ दिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

नेदरल्याण्डका डा.हान फ्र्याङ्क र डा.पल डोबेलस्टेइजन रिसोर्स पर्सनका रूपमा रहेको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा न्यूरोलोजी विभाग प्रमुख डा. बाबुराम पोखरेलले यो प्रशिक्षणले नेपाली फिजियोथेरापीष्टहरुलाई अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको बताएका छन् ।

त्यस्तै कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालकी फिजियोथेरापी विभाग प्रमुख डा.मञ्जु ज्ञवालीले नेदरल्याण्डबाट प्रशिक्षणका लागि नेपाल आएका डा. फ्र्याङ्क र डोबेलस्टेइजनलाई धन्यवाद ज्ञापन गरेका छन् । वरिष्ठ न्यूरालोजिष्ट डा. लेखजंग थापा र न्यूरो फिजीयोथेरापी विज्ञ गोविन्दमणि नेपालको समेत उपस्थिती रहेको कार्यक्रम बुधबारसम्म जारी रहनेछ ।

मष्तिस्क पक्षघातपछिको पुनस्र्थापना विषयक प्रशिक्षणमा सहभागीहरुले १६ सि इ यु बराबरको क्रेडिट प्राप्त गर्नेछन् । मष्तिस्क पक्षघात भएका बिरामीहरुको शारीरिक चाललाई सुधार गर्न र विशेष गरि कुमको दुखाइ र चाललाई सुधार गर्न के र कस्ता प्रक्रियाहरु अपनाउन आवश्यक छ भन्ने विषयमा प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नेछन् । उक्त प्रशिक्षणले व्यवहारिक ज्ञान प्रदान गरी सहभागीले आफ्नो कार्यस्थलमा बिरामीलाई धेरै नै सहयोग पु¥याउन सक्ने अपेक्षा प्रशिक्षकहरुको रहेको छ ।

कार्यक्रम नेपाल मेडिसिटी अस्पतालको सभाहलमा असोज १२ गते बुधबारसम्म सञ्चालनमा रहनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस्