Logo

लिङ्देनले ओलीसँग आजै सिट बाँडफाँटबारे फाइनल वार्ता गर्ने



काठमाडौं, ११ असोज । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेसँग सिट बाँडफाँटबारे आजै निर्णायक वार्ता गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि राप्रपा र एमालेबीच चुनावी सहकार्यको प्रयास भैरहेको छ ।

तर, अहिलेसम्म सिट बाँडफाँटबारे दुई दलबीच ठोस सहमति भएको छैन् । राप्रपाका अध्यक्ष लिङ्देनले आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् ।

निर्वाचन आयोगले भोलिदेखि आचारसंहिता लागु गर्दैछ । त्योभन्दा अघि नै दलहरु चुनावी सहकार्यको लागि सिट बाँडफाँबाटमा जुटेका छन् । राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तिमा १५ सिट दाबी गरेको छ । तर, एमालेले १५ सिट नदिने अडान लिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्