Logo

दीपक कार्कीलाई देउवा सरकारको पुरस्कारः पूर्वप्रधानन्यायाधीश सरह सुविधा



काठमाडौं, ११ असोज । पूर्वन्यायाधीश हुन लागेका दीपककुमार कार्कीले अवकाशपछि पूर्वप्रधानन्यायाधीश सरहको सुविधान पाउने भएका छन् । सरकारले मन्त्रिपरिषद बैठकबाट उनलाई पूर्वप्रधानन्यायाधीश सरहको गाडी र सवारीचालकको सुविधा दिने निर्णय गरेको हो ।

६ महिनाभन्दा बढी कामु प्रधानन्यायाधीश बनेको आधार मान्दै कार्कीलाई त्यस्तो सुविधा दिन लागिएको उल्लेख छ । कार्की चोलेन्द्र शमशेर जबराविरुद्ध प्रस्तुत हुँदा प्रतिनिधि सभा पुनःस्थापना देखि देउवा सरकार निर्माण सम्मको अवस्था सृजना भएको थियो ।

कार्की अवकाश भएपनि निलम्बित प्रधानन्यायाधीशका रुपमा चोलेन्द्र शमशेर जबरा नै छन् । अब हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुनेछन् । उनले प्रधानन्यायाधीश बन्न केही महिना कुनुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्