Logo

आज कहाँ–कहाँ वर्षा ?



काठमाडौं, असोज १२ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणी भू(भागमा अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेश का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्