Logo

साउदी राजकुमार सलमानको शक्ति बढ्यो, प्रधानमन्त्रीको जिम्मेवारी



एजेन्सी, १२ असोज । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अघोषित रुपमा त्यहाँका शासक हुन् । पिता राजा सलमानले उनलाई यति धेरै अधिकार दिएका छन् कि साउदीको शासनको बागडोर हातमा पारेका छन् ।

सलमानलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको खबर सार्वजनिक भएको छ । मन्त्रिमण्डल पुर्नगठनमा सलमानले प्रधानमन्त्रीको जिम्मेवारी पाए ।
यसअघि सलमान उपप्रधानमन्त्री र रक्षामन्त्री थिए । ८६ वर्षीय राजा सलमानले छोरा सलमानलाई विस्तारै शक्ति हस्तान्तरण गरिरहेका छन् । सन् २०१७ मा राजा सलमानले आफ्ना छोरालाई आफूपछिको उत्तराधिकारी बनाए । यो साउदी राजपरिवारमै हलचल ल्याउने घटना थियो । विगतमा राजाको उत्तराधिकारी भाईहरु हुन्थे । त्यसपछि मात्र छोराहरुको पालो आउँथ्यो ।

सलमान विवादमा पर्दै आएका छन् । पत्रकार खसोगीको हत्या उनकै योजनामा बनेको विषय उठ्दै आएको छ । पश्चिमा देशहरुले उनीमाथि मानवअधिकारको उल्लंघनको विषय उठाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्