Logo

एनएमबिको ‘बडा दशैंमा बडा डिजिटल धमाका’



काठमाडौं, १२ असोज । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गर्ने भएको छ । बैंकले बडा दशैँ उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको हो ।

बैंकले गत आश्विन १० देखि ‘बडा दशैंमा बडा डिजिटल धमाका’ सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

एनएमबि बैंकको ग्राहकहरुले डेबिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोवार गर्दा १०% वा रु ३०० सम्म क्यासब्याक पाउनेछन । त्यस्तै, बैंकको ग्राहकहरुले क्रेडिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोबार गर्दा २०% वा रु. ५०० सम्मको क्यासब्याक पाउनेछन् ।

बैंकको ग्राहकहरुले eNMB एपबाट एनटिसी/एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाउनेछन् । त्यस्को साथसाथै, eNMB एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा ने.रु. २०० सम्मको क्यासब्याक पाउनुहुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्