Logo

यसकारण प्रभावशाली नेताहरु समानुपातिकमा



काठमाडौं, १२ असोज । अहिलेसम्म प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका नाम चलेका नेताहरु यसपटक समानुपातिकको बन्दसूचीमा देखिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका नेताहरु यसरी बन्दसूचीमा छन् ।

काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महतको नाम समेत समानुपातिकको उम्मेदवारमा छ । निधि हालसम्म धनुषाबाट चुनाव लड्दै आएका थिए । जनकपुर क्षेत्र पर्ने उनको चुनावी क्षेत्र सजिलो छैन । यसकारण निधि सुरक्षित बनेर रहन बन्दसूचीमा बसे । काँग्रेसका पाका नेता गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा छ । उनी स्याङजाबाट चुनावी प्रतिष्पर्धा गर्दै आएका थिए ।

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा पनि समानुपातिकमा बसे । उनी २०४८ मा समेत चुनाव जितेका नेता हुन् । रोल्पा र पछि दाङबाट महराले चुनाव जितेका थिए । महरा यसपटक समानुपातिकमा रहनुमा विवादमा पर्नु पनि हो । सभामुख हुँदा महरामाथि बलात्कारको आरोप लाग्यो । उनी जेल समेत बसेर छुटे । अदालतले सफाई दिएपनि महराको विषय अझै चर्चामा छ ।

राप्रपाका पुराना नेताहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि समानुपातिकको बन्दसूचीमा छन् । उनीहरुको नाम पहिलो र दोस्रो नम्बरमा छ । दुवै यसअघि प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्