Logo

एन्फाको विशेष साधारण सभा आज



काठमाडौं, १२ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज विशेष साधारण सभा बोलाएको छ । विशेष सभा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने जनाइएको छ । एन्फा कार्यसमितिका बाँकी दुई सदस्यका लागि आजै निर्वाचन हुँदैछ ।

गत असारमा काठमाडौंमा भएको एन्फाको निर्वाचनमा २१ सदस्यीय कार्यसमिति चयन हुनुपर्नेमा १९ पदाधिकारी मात्र चयन गरिएको थियो । दुई सदस्यको मत बराबर भएपछि २ जना सदस्यको निर्णय हुन बाँकी थियो ।



प्रतिक्रिया दिनुहोस्