Logo

दीपिका पादुकोण अस्पताल भर्ना



एजेन्सी, १२ असोज । बलिउड अभिनेत्री दीपिका पादुकोण हिजो राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी छिन् । दीपिकाको स्वास्थ्य खराब भएपछि अस्पताल भर्ना हुनुपरेको थियो । तर, अहिले उनको स्वास्थ्य पहिलेभन्दा राम्रो रहेको बताइएको छ ।

भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुुसार सोमबार राति दीपिकाको स्वास्थ्य ठीक थिएन, जसका कारण उनलाई राति अबेरसम्म अस्पताल लगिएको थियो । दीपिकाको धेरै परीक्षणहरू थिए, जसमा आजको पूरा दिन बित्यो। तर, अहिलेसम्म दीपिकाको टोलीबाट उनको निको हुने बारे आधिकारिक जानकारी आएको छैन ।

हैदराबादमा फिल्म प्रोजेक्टको सुटिङका क्रममा दीपिकाको स्वास्थ्य पनि बिग्रिएको थियो । उनलाई हैदरावादको कामिनी अस्पतालमा लगिएको थियो, जहाँ डाक्टरले उनको जाँच गरे। तर, उपचारपछि मुटुको धड्कन स्थिर भएपछि दीपिका फेरि सुटिङ सेटमा फर्किइन् ।

दीपिका सन् २०२३ मा शाहरुख र जोन अब्राहमको साथमा पठानमा देखिनेछिन् । यसबाहेक अभिनेत्री ऋतिक रोशनको फिल्म ‘फाइटर’ को सुटिङमा व्यस्त छिन् । प्रभास र अमिताभ बच्चनसँगै दीपिकाले पनि यस प्रोजेक्टमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छिन् ।

 



प्रतिक्रिया दिनुहोस्