Logo

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपालमा



काठमाडौं, असोज १२ । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपालमा आइपुगेकी छन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् ।

गत २७ भदौमा चीनको नेसनल पिपल्स कंगे्रस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगतै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आएकी हुन ।

ट्रडो भ्रमणबारे अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गरेर हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तक्र्रियाका लागि नेपाल आएको उल्लेख छ ।

नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्षनेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्