Logo

चर्चित स्की आरोही नेल्सनको शव फेला



काठमाडौं, १२ असोज । गोरखास्थित मनास्लु हिमालमा हिमपहिरोमा बेपत्ता भएकी चर्चित अमेरिकी स्की आरोही हिलारी नेल्सन मृत फेला परेकी हुन ।

प्रहरीको अनुुसार ४९ वर्षीया नेल्सन गोरखा–मनाङको सिमा क्षेत्रमा मृत भेटिएकी हुन । उनको शव बेस क्याम्पमा राखिएको जनाइएको छ ।

उनी गत सोमबारदेखि बेपत्ता भएकी थिइन् । उनीसँगै उनका पति पनि आरोहणका लागि नेपाल आएका थिए । उनले २०१२ मा सगरमाथा आरोहण गरेकी थिइन् ।

उनले २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटर भन्दा अग्लो अर्को हिमाल ल्होत्सेको सफल आरोहण गरेकी थिइन। हिमपहिरोमा परेका १० जनाको सकुशल उद्धार गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्