Logo

सर्लाहीमा ९५ प्रतिशत चिकित्सक र ४८ प्रतिशत नर्सिङ कर्मचारीकाे दरबन्दी खाली भएपछि उपचारमा समस्या



बखतियार अलि – सर्लाही,आश्विन १२ । स्वास्थ्य कार्यालय सर्लाहीले गत आर्थिक वर्ष २०७८/७९ मा संचालित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा सम्पन्न गरेको छ । स्वास्थ्य कार्यालय सर्लाहीले मंगलबार र बुधबार सदरमुकाम मलंगवामा आयोजना गरेको समीक्षा गोष्ठीमा जिल्लाको २० वटा स्थानीय तहको स्वास्थ्य संयोजकहरुले आर्थिक वर्ष २०७८/०७९ मा आ–आफ्नो स्वास्थ्य शाखाबाट संचालन गरेको स्वास्थ्य कार्यक्रमहरु प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा स्वास्थ कार्यालय सर्लाही प्रमुख डा, नवल किशाेर झा ले भने जिल्लामा ४८ प्रतिशत नर्सिङ कर्मचारी तथा ९५ प्रतिशत चिकित्सककाे दरबन्दी रिक्त रहेकाेले स्वास्थ उपचारमा ठुलाे समस्या हुने गरेकाे डा, झाले बताउनु भयाे । स्वास्थ कार्यालय सर्लाहीका प्रमुख डा, नवल किशाेर झा ले दिएकाे जानकारी अनुसार जिल्लाका २० वटै पालिकाहरूले सिअहेव, हेलथ असिस्टेन्टहरूलाई दरबन्दी भन्दा बढि सहमति दिएर सरूवा गराई ल्याएकाले नर्सिङ तथा चिकित्सक भर्ना नगरेकाेले गर्भवती तथा सुत्केरी महिलाहरूकाे स्वास्थ उपचारमा ठुलाे समस्या भएकाे उनले बताए । मागअनुसारकाे दरबन्दी सरकारले नगर्दा जिल्लामा स्वास्थ उपचार प्रभावित भएकाे स्वास्थ कार्यालय सर्लाहीका प्रमुख डा, नवल किशाेर झा ले गुनासाे गरे ।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झा को अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न २ दिने गोष्ठीमा आ.व २०७८/०७९ सम्पादित स्वस्थ्य सेवाहरु प्रभावकारी रुपमा संचालन गरि निर्धारित सुचकांकको आधारमा उत्कृष्ट बन्न सफल भई स्वास्थ्य कार्यालयको समग्र स्वास्थ्य स्थितिमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै २० वटै स्थानीय तह अन्तर्गतका स्वास्थ्य शाखाहरु मध्येबाट ४ वटा स्वास्थ्य शाखालाई स्वास्थ्य कार्यालय सर्लाहीले कदरपत्रले सम्मानित गरेका थिए।

सम्मानित हुने स्वास्थ शाखाहरुमा हरिपुर नगरपालिका(प्रथम),हरिवन नगरपालिका(दोस्रो),चक्रघट्टा गाउँपालिका(तेस्रो)र गोडैता नगरपालिका (चौथो)रहेका छन् कार्यक्रम मलंगवा न.पा स्थित महेन्द्र होटलमा सम्पन्न भएको थियाे । गोष्ठीमा विशिष्ठ अतिथि मलंगवा नगरपालिका प्रमुख नागेन्द्र कुमार यादव, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,स्वास्थ्य कार्यालय प्रमुख डा.नवल किशोर झा,प्रादेशिक अस्पताल मलंगवाका अध्यक्ष सतिश साह,यु.एन.एफ.पि.ए का बच्चालाल महतो,जनस्वास्थ्य निरिक्षक सुशिल कुमार झा,२० वटा पालिकाका स्वास्थ्य संयोजक तथा स्वास्थ्यको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनीधि लगायतको सहभागीता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्