Logo

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकता



काठमाडौं, १२ असोज । रवीन्द्र मिश्र नेतृत्वको समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ ।

आज (बुधबार) काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष बनेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्