Logo

एमालेको प्रवासी मञ्चको प्रथम अधिवेशन काठमाडौंमा, ओलीले उद्घाटन गर्ने



काठमाडौं, १२ असोज । नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशन काठमाडौंमा हुने भएको छ । आगामी नोभेम्बर ५ र ६ तारिखका दिन काठमाडौंको बुढानिलकण्ठमा हुने उक्त प्रथम अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

एमालेको प्रवासी मञ्च ४१ देशमा सक्रिय रहेको बताईएको छ । सो सम्मेलनमा सबै देशमा प्रतिनिधिहरु आउने जनाईएको छ । यो अधिवेशनले नयाँ नेतृत्वपनि चयन गर्ने आर्थिक विभाग प्रमुख तथा मध्यक्ष पूर्व ईन्चार्ज चानक पोखरेलले जानकारी दिए ।

उनले मञ्चका सबै शुभचिन्तकहरुलाई गरिमामय उपस्थितिको लागि आग्रह गरेका छन् । उनकाअनुसारफूलपातीको दिन पारेर अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सबै प्रवासीहरुलाई दशैं, तिहारको शुभकामना दिने कार्यक्रम पनि तय भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्