Logo

रेखा थापालाई राप्रपामा महत्वपूर्ण जिम्मेवारी



काठमाडौं, १२ असोज । राप्रपाकी नेतृ रेखा थापालाई पार्टीले कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको छ । चुनाव नजिकिँदै गएसँगै पार्टीले नेतृ थापालाई महत्वपूर्ण जिम्मेवारी दिएको हो ।

थापा आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ-३ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ चुनाव लड्दैछिन् । उनी अहिले चुनावी प्रचारप्रसारमा खटिन थालिसकेकी छिन् । प्रखर वक्ताको छवि बनाएकी नेतृ थापा राप्रपाको एकता महाधिवेशनमा महामन्त्रीमा उठेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्