Logo

एमालेले साना दलहरूसँग मोर्चाबन्दी गरेर जान आवश्यक छैनः लालबाबु पण्डित



काठमाडौं, १३ असोज । नेकपा एमालेका नेता लालबाबु पण्डितले आफ्नो पार्टी राष्ट्रिय गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् । “एमालेको राष्ट्रिय गठबन्धन बन्दैन । राष्ट्रिय स्तरमा तालमेल पनि हुँदैन । आवश्यक पर्‍यो भने कतिपय क्षेत्रमा सहयोग लिनेदिने हुन्छ । एमालेले साना दलहरुसँग मोर्चाबन्दी गरेर जान आवश्यक छैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डित भने ।
लोकतान्त्रिक समाजवादी पार्टीसँगको तालमेल के हुन्छ भन्ने प्रश्नमा पण्डितले भने, “लोसपामा अब कति जना नेता बाँकी छन् ? धेरैजसो नेता एमाले नै प्रवेश गरिसके । मोर्चाबन्दी गर्ने हैसियत लोसपासँग छैन ।”
पार्टीको आज बस्ने सचिवालय बैठकमा उम्मेदवारी चयनका विषयमा कुरा हुने र दसैंको बीचमा उम्मेदवार तोकिने पनि उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका १० भाइलाई ससर्त टिकट दिन लागेको कुरा अफवाह मात्र भएको पण्डितको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्