Logo

२५ सय घर विपन्न परिवारहरूलाई वितरण गर्छु : सभापति बानियाँ



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशले विपन्न, लोपोन्मुख, सीमान्तकृत, अल्पसंख्यक जनतालाई घर बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता गरेका छन् ।

बुधबार काठमाडौंमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बानियाँले बाग्मतीमा कांग्रेसको सरकार निर्माण भए २५ घर निर्माण गरेर वितरण गर्ने बताए ।

“पहिलो वर्ष २५ सय घर बनाएर विपन्न परिवारहरूलाई वितरण गरिनेछ । कांग्रेसको सरकार बन्नेवित्तिकै अभियानको शुरु गर्नेछ ।’ उनले भने,“पहिलो अभियान सकिए लगत्तै विपन्न १० हजार परिवारको कांग्रेसको बागमती प्रदेश सरकारले घर बनाउनेछ । ”

बाग्मती संसदीय दलका नेता समेत रहेको बानियाँले एउटा घर ५ लाखमा बन्ने उल्लेख गर्दै एक अर्बले ति सबै घर तयार हुने बताए । प्रदेशको बजेट एक खर्ब हुने भन्दै उनले गरिवलाई कांग्रेसप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिए । उनले धनीलाई बाग्मती प्रदेशमा अवसर दिने र उद्योग, धन्दा गर्न सहयोग गर्नुपर्छ भनेर नीति नियम बनाइदिनुपर्ने उनले धारणा राखे । उनले पर्यटन व्यवसायलाई जोड दिने आफ्नो नीति भएको पनि स्पष्ट पारे ।

लाङटाङको पानीलाई विश्व बजारमा लैजान केन्द्र सरकारसँग समन्वय गरेर प्रदेश सरकारले विशेष सहुलियत दिएर उद्योग खोल्नुपर्ने उनको भनाइ थियो ।

 



प्रतिक्रिया दिनुहोस्