Logo

ऋषि धमलासँग जंगिँदै झाँक्रीले भनिन्–‘तपाईँले भन्दैमा नेताहरु कसरी असफल भए ?’ (भिडिओसहित)



काठमाडौं, १३ असोज । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गुल्मी–२ बाट चुनाव लड्ने भएकी छिन् । उनले आफू गठबन्धनको साझा उम्मेदवार भएको पनि बताईन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूले गुल्मीको विकासको लागि धेरै नै योगदान गरेको स्पष्ट पारिन् । उनले नेताहरुले जनताको लागि काम नगरेको भए कसले गरेको ? भन्दै प्रश्न गरिन् ।

पत्रकार धमलाले नेताहरु असफल भए नि ? भनेर गरेको टिप्पणीमा झाँक्रीले आपत्ति जनाईन् । उनले भनिन्–‘नेताहरु कसरी असफल भए ? मलाई पहिले तथ्य दिनुहोस ।’ उनले ३० वर्षअघि जनताको अवस्था के थियो त ? भन्दै उल्टै धमलालाई प्रश्न गरिन् ।



प्रतिक्रिया दिनुहोस्