Logo

रणवीरले कारभित्र आलियासँग बसेर केक काटेपछि…



एजेन्सी, १३ असोज । बलिउड अभिनेता रणवीर कपुरले हिजो (२८ सेप्टेम्बरमा) आफ्नो ४०औं जन्मदिन मनाएका छन् ।
यस विशेष अवसरमा उनलाई सबै फ्यान र फिल्म स्टारहरूले शुभकामना दिएका छन्।

यसैबीच अभिनेताको एक भिडियो सार्वजनिक भएको छ जसमा उनी पत्नी आलिया भट्टसँग देखिएका छन् । यस भिडियोमा रणवीरलाई जन्मदिनको शुभकामना दिन उनका फ्यानहरू उनको घरबाहिर पुगेका छन् ।

जहाँ रणवीर फ्यानसँग भेटघाट गरेका थिए । भिडियोमा रणवीर आलियासँग कारमा बसेको र कारमा बसेर केक काटिरहेको देखिन्छ । यति मात्र होइन, उनले आफ्ना फ्यानसँग सेल्फी पनि खिचे । रणवीरलाई भेटेर उनका फ्यान निकै खुसी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्