Logo

ललितपुर २ क मा माओवादी केन्द्रबाट समानुपातिकमा सिफारिश रोशनी थापा को हुन्



काठमाडौं, १३ असोज । ललितपुर क्षेत्र नं २ क मा प्रदेश सभातर्फ समानुपातिकतर्फ नाम सिफारिश भई सूचीमा परेपछि चर्चामा छिन् रोशनी थापा । महालक्ष्मी नगरपालिका ९ की रोशनी माओवादी कार्यकर्ताका रुपमा निरन्तर सक्रिय छिन् ।

माओवादी संकटमा पर्दै गएपछि महालक्ष्मीका कतिपयले उक्त दल छाडे । तर, रोशनी निरन्तर पार्टीमा सक्रिय भइन् । उनले पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हालिन् । पार्टीको टोलस्तरको गतिविधिमा खासै नदेखिएपनि उनले जिल्ला तहमा सक्रिय भूमिका निभाइन् । जसका कारण उनको नाम समानुपातिकको सूचीमा पर्न सक्यो ।

मानवशास्त्रमा स्नातकोत्तर गरेकी रोशनीले संयुक्तराष्ट्रसंघीय कार्यक्रम युएनडीपी, जाइकाद्वारा सञ्चालित विभिन्न आयोजनामा नर्मा कन्सल्टेन्सी मार्फत् कन्सल्टेन्डको रुपमा काम गरेकी छिन् । उनीसँग कृषि तथा वन, महिला सशक्तिकरण, गरिबी निवारण जस्ता विषयमा काम गरेको अनुभव छ ।

रोशनीको परिवार माओवादीको महत्वपूर्ण निकायमा सक्रिय छ । उनले विभिन्न समयमा आएका महत्वपूर्ण राजनीतिक नियुक्ति पनि अस्वीकार गरेपछि पार्टीको हेडक्वार्टरले नै सम्मानका लागि सूचीमा राखेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्