Logo

चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता



काठमाडौँ,१३ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित सुरक्षा योाजनाअन्तर्गत चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको छ ।

चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र यात्रुवर्गलाई सहज यात्रा गराउन ट्राफिक प्रहरीले चालक तथा सहचालकलाई ‘ट्राफिक प्रहरीको दुई मिनेट’ कार्यक्रममार्फत छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए ।

उनका अनुसार यात्रुलाई सम्मानजनक व्यवहार गर्नेदेखि चालक र सहचालक भएकामा गर्व गर्नेसम्मका विषयलाई प्रतिबद्धता जनाउन लगाइएको छ । प्रतिबद्धता पत्रमा “म यात्रुलाई सम्मानजनक व्यवहार गर्छु, तोकिएको भाडादर भन्दाबढी भाडा लिने छैन, ट्राफिक नियमको पूर्ण पालना गर्छु, आरक्षण सिटको व्यवस्था अनुसार यात्रु व्यवस्थापन गर्नेछु, अपाङ्गता भएका व्यक्ति, असहाय र विद्यार्थीले भाडा दरमा पाउने छुटको व्यवस्था गर्ने छु तथा आफू चालक र सहचालक भएकामा आफ्नो कामप्रति गर्व गर्दछु”, भनिएको छ ।

चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना रोक्नका लागि नियम पालनामा सचेत गराउन छ बुँदे प्रतिबद्धतासहित चालक र सहचालकलाई ट्राफिक प्रहरीले दुई मिनेट कार्यक्रममार्फत यात्रुदेखि सवारीसाधनको अवस्थाको जानकारी समेत सङ्कलन सुरु गरेको छ ।

“यो समय (चाडपर्व)मा यात्रुलाई पर्नसक्ने समस्या र सवारीसाधनको अवस्था थाहाँ पाउन चोकपोष्ट र छड्के चेकजाँच गर्न थालेका छौँ”, खकुरेलले भने, “सिट सङ्ख्याभन्दा धेरै यात्रु राख्ने, बढीभाडा असूल गर्ने, तोकिएको गन्तव्यसम्म नपु¥याउने समस्या हुन नदिन सचेत गराइरहेका छाँै, हतार गर्ने, बिग्रेका साधन गुडाउने, एकजना चालकले लामो समयसम्म चलाउने लगायतका सम्भावित दुर्घटनाका कारण रोक्न सकिनेछ भन्ने विश्वास छ ।” रासस



प्रतिक्रिया दिनुहोस्