Logo

पार्टीमा विद्रोह गर्ने मुडमा किन पुगे महामन्त्री गगन थापा ?



काठमाडौं, १४ असोज । मंसिर ४ गतेको निर्वाचन नजिकिएसँगै ठूला दलमा असन्तुष्टि बढेको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र शेखर कोइराला समूहले छुट्टै भेला आयोजना गरेर नेतृत्वमाथि दबाब सिर्जना गरेको छ । निर्वाचनमा गुटलाई प्रश्रय दिएको भन्ने कोइराला पक्षले देउवासमक्ष आरोप लगाएको छ ।

उता, पार्टीका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताउँदै विद्रोहको संकेत गरेका छन् । आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताएका हुन् ।

उनले भनेका छन्–‘पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठीक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको छ । नभए त पार्टी त केवल सत्ताको हतियारमात्र हुनेभयो । के को लागि पार्टी बनाएको भन्दा त चुनाव जित्नमात्रै भयो ।’



प्रतिक्रिया दिनुहोस्