Logo

मन्त्री चौधरीलाई ऋषि धमलाको प्रश्न -तपाईंको पार्टीले एक्लै चुनाव जित्ने हिम्मत छ ? (भिडिओसहित)



काठमाडौं, १४ असोज । शहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले आगामी निर्वाचनमा आफ्नो दलले राम्रो मत ल्याउने दाबी गरेका छन् । उनले आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक्लै चुनाव जित्ने पनि दाबी गरे । उनले सम्मानित नेता झलनाथ खनालले पनि इलामबाट चुनाव जित्ने बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेले आगामी निर्वाचन हार्ने दाबी गरे ।

उनले आफूहरु अहिले गठबन्धनका साथ निर्वाचनमा जान लागेकोले एक्लाएक्लै लड्ने र जित्ने कुरा गर्नु शोभनीय नहुने बताए । उनले आफूहरुले नेपालको संविधान आउट अफ ट्रयाक गएकोलाई ट्रयाकमा ल्याउने काम गरेको सुनाए । उनले आगामी निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्