Logo

जुलीको गुण तिर्दै राजेन्द्र महतो, धनुषा–३ छोडेर सर्लाही जान सहमत



काठमाडौं, १४ असोज । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धनुषा–३ बाट चुनाव नलड्ने भएका छन् । ०७४ मा सो क्षेत्रबाट जितेका महतो यसपटक सर्लाही जाने तयारीमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले र लोसपाबीच सहकार्य हुने चर्चा छ ।

०७४ को निर्वाचनमा एमालेको समर्थनमा राजेन्द्र महतो निर्वाचित भएका थिए । त्यतिवेला वाम गठबन्धनको बावजुदपनि एमालेले राजेन्द्रलाई सहयोग गरेको थियो । यसपटक सो क्षेत्रबाट एमालेकी पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री जुलीकुमारी महतो लड्ने भएकी छिन् ।

०७४ मा आफूलाई गरेको सहयोग र समर्थनको ऋण यसपटक राजेन्द्रले जुलीलाई तिर्ने भएका छन् । यसपटक राजेन्द्र सर्लाही–२ बाट लड्ने भएका छन्। धनुषा ३ मा भने यसपटक जुलीको पल्ला भारी छ । उनी ०७० मा विमलेन्द्र निधिसँग झिनो मतले पराजित भएकी थिईन् । ०७४ मा भने उनी समानुपातिक सांसद् बनेकी हुन् । धनुषाको समग्र विकासमा जुलीको ठूलो योगदान रहेको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्