Logo

लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक



काठमाडौं, १४ असोज । प्रहरीले लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । काठमाडौंको गोठाटारमा भएको उक्त हत्यामा संलग्न तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीले वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता स्याङताङलाई शुक्रबार सार्वजनिक गरेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot