Logo

राष्ट्रपति निर्वाचनअघि ब्राजिलको जर्सीमा विवाद



काठमाडौं, असोज १५। अगस्टमा जब ब्राजिलले नोभेम्बर २० बाट कतारमा सुरु हुने विश्वकप २०२२ का लागि प्रयोग गर्ने जर्सी सार्वजनिक गर्‍यो, जाओ भटोर गोन्काल्भस डी ओलिभिरिया कहिले त्यो जर्सीमा हात लगाऊँ भन्न आतुर रहे।

२० वर्षीय छात्र डी ओलिभिरिया घरनजिकैको स्टोरमा गए, पहेँलो र हरियो रंगको प्रख्यात जर्सी लिए। जर्सीमा मुस्कानसहितको सेल्फीसमेत खिच्न भ्याए।

‘त्यो पसलका साहुले मैले पहेँलो र हरियो रंगको ब्राजिलको जर्सी किन्दा मलाई वर्तमान सरकारको समर्थकका रूपमा लिए,’ डी ओलिभिरियाले भने, ‘मैले त जर्सी मात्र किनेको थिएँ। तर मलाई ब्राजिलका आगामी राष्ट्रपति निर्वाचनका उम्मेद्वार रहेका लुलाको विरोधीको रूपमा लिइयो।

’ब्राजिलमा नयाँ राष्ट्रपतिका लागि आइतबार निर्वाचन हुँदै छ। जसका लागि वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र लुइस इनासियो लुला डा सिल्भा प्रतिस्पर्धामा रहेका छन्।

यद्यपि डी ओलिभिरिया राष्ट्रपतिमा पुनः निर्वाचित हुने दौडमा रहेका बोल्सोनारोको समर्थक पनि होइनन् न त डा सिल्भाको समर्थक हुन्। तर पनि मानिसहरूले त्यो जर्सीकै आधारमा उनलाई वर्तमान सरकारका समर्थकका रूपमा लिन्छन्। उनलाई मात्र होइन, अहिले ब्राजिललमा त्यो जर्सी लगाउने हरेक कोहीलाई वर्तमान सरकारको समर्थकका रूपमा लिइन्छ।



प्रतिक्रिया दिनुहोस्