Logo

हिलाम्य सडकमा सास्ती नै सास्ती



उदयपुर, असोज १५ । यता हिलो, उता हिलो । टेक्नै नसकिने हिलाम्य सडक । सर्वसाधारणलाई सास्ती । अझ दसैं मान्न घर फर्कनेले त कल्पनै गरेका हुन्नन् कि गाउ“ठाउ“को सडक अवस्था । ‘यस्तो होला भनेर सोचेकोसम्म थिइन“,’ एक यात्री भन्दै थिए, ‘अब फर्कने बेला पनि यही सडक हि“ड्नुपर्ने बाध्यता छ ।’

हुन पनि वर्षात्सँगै उदयपुरका अधिकांश ग्रामीण सडकमा दसैंका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य बनिरहेका छन् । वर्षात्का कारण भएको क्षतिपछि मर्मत हुन नसक्दा सडक जोखिमपूर्ण बनेको छ ।

वर्षाले सडक हिलाम्य हुनुका साथै खाल्डाखुल्डीसमेत परेपछि सदरमुकाम भित्रिने तथा बाहिरिने यात्रु आजित बनेका छन् । ठाउँठाउँमा पहिरो खसेको तथा सडक हिलाम्य भएकाले यातायातका साधन सञ्चालनमा निकै समस्या भइरहेको व्यवसायीको गुनासो छ ।

घाम लागेका बेला जसोतसो गाडी चलाउने गरे पनि पानी प¥यो भने निकै समस्या हुनेगरेको सवारी चालक लालप्रसाद झा बताउ“छन् । ‘धेरै ठाउँमा पहिरो खस्दा सडक साँघुरो भएको छ,’ उनी भन्छन्, ‘धेरै ठाउँमा पहिरोको उच्च जोखिम छ । पानी परेको बेला त सडक पुरै हिलाम्य हुन्छ, गाडी गुडाउन मुस्किल पर्छ ।’

सडक निर्माण गरिए पनि स्तरवृद्धिमा सरोकारवाला निकायको ध्यान जान नसक्दा ‘भगवान् भरोसा’मा गाडी चलाउनुपर्ने अवस्था रहेको चालक बताउ“छन् । उनीहरूका अनुसार दुर्घटना भइहाले भने ‘ड्राइभरको गल्तीका कारण भयो’ भन्ने गरिएको छ । ‘तर, सडकको स्तरोन्नतिका लागि कसैले चासो दिँदैनन्,’ चालक झा भन्छन्, ‘कुन ठाउँमा कति बेला के हुने हो ? भन्न सकिने अवस्था छैन ।’

जोखिम मोलेर यात्रा गर्नु आपूmहरूको बाध्यता रहेको यात्रु बताउँछन् । ‘काम विशेषले सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा जानु पर्दछ,’ रौतामाई गाउ“पालिका आँपटारका केशव राईले भने, ‘हिँडेर जान सकिँदैन, जोखिमपूर्ण भए पनि गाडीमा यात्रा गर्नैपर्ने अवस्था छ ।’

जिल्ला सदरमुकामलाई जिल्लाका अन्य गाउँसँग जोड्न उदयपुरमा दर्जनौं बढी ग्रामीण सडक निर्माण भएका छन्् । वर्षायाम सुरुसँगै जिल्लाका सबै ग्रामीण सडक आंशिक अवरुद्ध हुन्छन्् ।

कटारी–रूपाटार, कटारी–इनामे–माझखर्क, कटारी– ठानागाउँ, कटारी–बर्रे, कटारी–नेपालटार, मोतिगडा– फत्तेपुर जाने सडक आंशिक रूपमा सञ्चालनमा रहेका छन् ।

बेल्टार–चौदण्डी गढी–रानीटार, सोम–मैनामैनी–मचुङटार नेपालटार–उदयपुर गढी– डुम्रे, बेल्टार–साउने, मुर्कुची–माझर्खक, मुकुर्ची–भुट्टार, देउरी–दमौटी, फोक्सिनटार–रसुवा, रसुवा–लाफागाउँ सडक वर्षाले मर्मत हुन नसक्दा यातायात सञ्चालन हुन सकेको छैन ।

सडक मर्मत नहु“दा समस्या भएको उदयपुर हिमाली यातायात केन्द्रले जनाएको छ । जिल्ला प्राविधिक कार्यालय उदयपुरका अनुसार गाउ“मा सानो लगानीमा निर्माण गरिएका सडक वर्षात्मा जोखिमपूर्ण बन्ने गरेका छन् । थोरै पैसाले धेरै लामो सडक निर्माण गर्दा गुणस्तरीय नहु“दा समस्या हुने गरेको हो ।

लगातार परेको वर्षाले उदयपुर पहाडी भेगका सडक अवरुद्ध हुन पुगेको छ । निरन्तरजस्तो भइरहेको वर्षाले पहिरो जानुका साथै कच्ची सडकमा पानी जमेर हिलाम्य भएपछि सवारी सञ्चालनमा अवरोध हुन पुगेको हो ।

भर्खर खनिएका कच्ची सडक रहेको जिल्लाको पहाडी भेगमा जताततै पहिरो र हिलोले चारपांग्रे त के मोटरसाइकलसम्म सञ्चालन गर्न कठिनाइ हुन पुगेको स्थानीय बताउँछन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्