Logo

उम्मेदवार छान्न उपेन्द्र यादव गुप्तवासमा, साथमा अशोक राई



काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार चयन गर्ने भएको छ । सत्ता गठबन्धनमा भएको सिट बाँडफाँटको सहमतिअनुसार उम्मेदवार छान्नेगरि अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलमा जुटेका छन् । अहिले यादव गोप्य ठाउँमा छलफलमा बसेको बताईएको छ। उनको साथमा अशोक राईलगायत केही शीर्ष नेताहरुमात्रै रहेको बताईएको छ ।

यादवले आफ्नो तर्फबाट उम्मेदवारको नाम तय गरेपछि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने जनाईएको छ । सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवार चयन गर्ने एक नेताले जनाए । जसपाले प्रतिनिधिसभातर्फ १६ सिट पाएको चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्