Logo

मिश्र राप्रपामा पसेसँगै विवेकशीलद्वारा ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज



काठमाडौं, १५ असोज । विवेकशील साझा पार्टी परित्याग गरेर राप्रपा छिरेका रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ दस्तावेज ल्याएर तरंग नै ल्याइदिए । उक्त दस्तावेज विवेकशील भित्र नै विवादमा पर्यो ।

मिश्रको उद्देश्य राप्रपामा बलियो स्थान बनाएर प्रवेश गर्नु नै थियो भन्ने घटनाक्रमले देखाए । उनी राप्रपा प्रवेश गरे । तर, उनको दस्तावेज विवेकशीले खारेज गरिदिएको छ ।

विवेकशीलका नेता प्रकाशचन्द्र परियारले दस्तावेजलाई घातक भन्दै खारेज गरेको जानकारी दिएका छन् । विवेकशीलकी अध्यक्ष समिक्षा बाँस्कोटाको अध्यक्षतामा बसेको केन्द्रीय कमिर्टी बैठकले दस्तावेज खारेज गरएको परियारले बताए ।

मिश्रले दस्तावेजमा हिन्दू बौद्ध राष्ट्र घोषणा गर्ने, राजसंस्था पुनःस्थापना गर्ने विषयलाई जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्