Logo

देउवा–दाहाललाई धक्का, उपेन्द्र यादव गठबन्धनबाट बाहिरिने



काठमाडौं, १५ असोज । सत्तारूढ दल जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा सम्मानजनक सिट नपाएको भन्दै जसपाले गठबन्धन छोड्ने तयारी गरेको छ । आजमात्रै जसपाको कार्यकारिणी समितिको बैठक बसेको थियो । सो बैठकले सिट बाँडफाँट सन्तोषजनक नभएको निश्कर्ष निकालेको छ ।

जसपाले तालमेलको लागि अन्य दलसँगपनि छलफल गर्ने जनाएको छ । बैठकपछि प्रवक्ता मनिष सुमनले जारी गरेको नोटमा भनिएको छ,”अतिरिक्त सम्भव भए सम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सीटको तालमेल गर्न सकिने छ। सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ।”

प्रेस नोट
—————
जनता समाजवादी पाटिॅ- नेपाल, कायॅकारिणि समिती को आज २०७९ असोज १५ गते को बैठक द्घारा गरिएको निणॅय :-
हाम्रो पाटिॅको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निवॉचनमा सिटको तालमेल को सम्वन्घमा भई रहेको सीट बांटफांड सम्बन्घी छलफलमा हाम्रो पाटिॅ को लागि संतोषजनक अवस्था नदेखिएको हुंदा यसका अतिरिक्त सम्भव भए सम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरू संग पनि निवॉचनमा सीटको तालमेल गनॅ सकिने छ। सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निवॉचनमा भाग लिने निणॅय गरिन्छ।
मनिष कुमार सुमन
प्रवक्ता, जसपा- नेपाल


प्रतिक्रिया दिनुहोस्