Logo

मेस्सी र एमबाप्पेको गोलमा पीएसजीको जित



काठमाडौं, असोज १६ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी र केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले निसलाई २-१ गोलले हरायो ।

पीएसजीको जितमा मेस्सीले २९औं र एमबाप्पेले ८३औं मिनेटमा गोल गर्नुभयो । निसका गेटन लाबोर्डेले ४७औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो । लिगमा पीएसजीको यो लगातार सातौं जित हो ।

जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले नौ खेलबाट २५ अंक बनाएको छ । पराजित आठ अंकसहित १३औं स्थानमा छ । दोस्रो स्थानमा रहेको मार्सेलीको २३ अंक छ ।

शनिबार राति नै भएको अर्को खेलमा रेनर्सले १० खेलाडीमा समेटिएको स्टार्सबर्गलाई ३-१ गोलले पराजित गरेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्