Logo

तीन सय सवारीसाधन कारबाहीमा



बर्दिबास, असोज १६। बर्दिबासस्थित जिल्ला ट्राफिकले चाडबाडलक्षित सुरक्षा अभियान सञ्चालन गरेको छ । ट्राफिकको यस अभियानमा यातायात व्यवसायीले समेत लिखित सहमति जनाएका छन् ।

अभियानअन्तर्गत चाडबाडका बेला सवारी नियम उल्लङ्घन गर्ने त्यस्ता तीन सयभन्दा बढी सवारी कारबाहीको दायरामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासले अभियानअन्तर्गत तीन दिनको अवधिमा ३१७ सवारीसाधन कारबाहीमा परेको जनाएको छ ।

बर्दिबासस्थित जिल्ला ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक उदयसिंह सिजापतिका अनुसार सवारी नियम उल्लङ्घनका विभिन्न नौ अवस्था निर्धारण गरी जिल्लाका प्रमुख सडक मार्गमा बुधबारदेखि सघन जाँच सुरु गरेको हो । त्यस क्रममा शुक्रबारसम्म १३३ मोटरसाइकल, ८१ कारजिप, ७० मालवाहक ट्रक र ट्याङ्कर, १२ यात्रु बसलगायत कारबाहीमा परेका छन् ।

ट्राफिक कार्यालयको रेकर्ड शाखाका अनुसार यस अवधिमा कारबाहीमा परेकामध्ये सबैभन्दा बढी क्षमताभन्दा बढी भार बोक्ने ९ओभर लोड० ७७ सवारीमाथि कारबाही गरिएको छ । सवारी लाइसेन्स नबोकेका २३ र प्रयोजनविपरीत ‘लगेज लोड’ गर्ने १८ यात्रु सवारी, सिट बेल्ट नलगाएका १६, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १४ तथा बत्तीको अवस्था ठीक नभएका १३ सवारीसाधन कारबाहीको दायरामा परेका थिए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्