Logo

देउवा शेखर ७५-२५ मा सहमति



काठमाडौं, १६ असोज । नेपाली काँग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच ७५ र २५ प्रतिशत टिकट बाँडफाँटमा सहमति बनेको छ । सभापति शेरबहादुर देउवा केन्द्रीय सदस्य डा. शेखर कोइराला पक्षधरलाई समानुपातिक र प्रत्यक्षतर्फ टिकटमा २५ प्रतिशत हिस्सा दिन सहमति बनेको हो ।

काँग्रेसका नेताहरु सहमति बनाउन गएराति देखि जुटेका थिए । अब समानुपातिकतर्फको सूची समेत सच्याएर शेखर पक्षलाई २५ प्रतिशत हिस्सा दिने सहमति गरेका हुन् ।

शेखर कोइराला पक्षधरले विद्रोह गरे गठबन्धन नै धरापमा पर्ने भएपछि देउवा लचिलो बनेका हुन् । शेखर कोइरालाले पनि यसअघि दाबी गर्दै आएको ४० प्रतिशतमा लचिलो बनेर २५ मा चित्त बुझाए ।

अब प्रतिनिधि सभा र प्रदेशसभाको समानुपातिकतर्फ नाम सच्याएर भएपनि शेखर पक्षधरलाई २५ प्रतिशत दिने सहमति बनेको छ । प्रत्यक्षतर्फ पनि काँग्रेसले पाउने सिटमध्ये शेखर पक्षले २५ प्रतिशत पाउनेछ ।

देउवाले ७५ प्रतिशतमै रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि पक्षलाई समेट्ने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्