Logo

कांग्रेसमा देउवाले ७५ प्रतिशत लिएर शेखर समूहलाई २५ प्रतिशत दिए



काठमाडौं, १६ असोज । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानतर्फ अघि बढेको छ । पछिल्लो समय डा. शेखर कोइराला समूहले सिट बाँडफाँटमा अपमान गरेको भन्दै संस्थापन पक्षविरुद्ध आन्दोलन नै गर्ने चेतावनी दिएको थियो ।

तर, आज भएको शीर्ष नेताहरुको छलफलमा देउवा र नेता कोइराला समूहबीच ७५ र २५ प्रतिशतमा कुरा मिलेको छ । शेखर समूहका नेता डा. चन्द्र भण्डारीले अब पार्टी नेतृत्वविरुद्धको आन्दोलनपनि फिर्ता लिईएको जनाए ।

कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये १०० सिटमा दाबी गर्दै आएको थियो । तर, सभापति देउवाले गठबन्धनलाई पनि साथमै लिएर जानुपर्ने भएकोले ८० देखि ८५ सिटमा सहमति गर्नुपर्नेमा जोड दिँदै आएका छन् । आजै गठबन्धनका शीर्ष नेताहरुको पनि छलफल छ । सो छलफलले सिटको अन्तिम टुँगो लगाउने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्