Logo

प्रचण्ड चितवन छाडेर गोरखाबाट चुनाव लड्ने तयारीमा, चितवन कांग्रेस नेताहरुलाई यस्तो सन्देश



काठमाडौं, १६ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट चुनाव नलड्ने मनशायमा पुगेका छन् । यसअघि उनले आफू चितवन ३ बाट नै चुनाव लड्ने बताउँदै आएका थिए ।

तर, आज आफ्नो निवासमा भेट्न आएका चितवन कांग्रेसका सभापति राजेश्वर अधिकारीलगायतका नेताहरुसँगको भेटमा दाहालले चितवन ३ मा आफ्नो दाबी नरहेको संकेत गरेका थिए ।

पछिल्लो समय दाहालको नाम विभिन्न जिल्लाबाट सिफारिश भएर आएको छ । पार्टीको ठूलो पँक्तिले दाहाललाई गोरखाबाट चुनाव लड्न दबाब दिएको छ। गोरखामा गत बैशाखमा भएको निर्वाचनमा माओवादीले राम्रो नतिजा हाँसिल गरेको छ ।

दाहालले चितवन ३ असुरक्षित महशुस गर्नुभन्दापनि पार्टीको पँक्तिले नै गोरखाबाट चुनाव लड्न दबाब दिएको कारण उनी चितवन छाडेर गोरखा जान राजी भएको चर्चा छ ।

यसअघि माओवादीके चुनाव चिन्हबाट गोरखाबाट चुनाव लड्ने बताउँदै आएका बाबुराम भट्टराई पनि दाहाल गोरखा आए खुशी हुने बताउन थालेको चर्चा छ । चितवनबाट आएको कांग्रेसको टोलीसँगको कुराकानीमा दाहालले चितवनमा चुनाव लड्ने मन नबनाएको चर्चा चल्न थालेको छ । file photo



प्रतिक्रिया दिनुहोस्