Logo

सुरेन्द्र केसीको टिप्पणी : एमालेलाई जिताउनुपर्ने केही आधार छैन (भिडिओसहित)



काठमाडौं, १६ असोज । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले यसपटकको निर्वाचनमा नेकपा (एमाले) लाई जिताउनुपर्ने केही आधार नै नभएको बताएका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले स्थानीय तहको निर्वाचनमा प्रक्षेपण गरेपनि यसपटकको संघ र प्रदेशको निर्वाचनमा भने कुनै प्रक्षेपण नगर्ने स्पष्ट पारे । उनले यसपटकको निर्वाचनमा स्वतन्त्र र साना दलले जितेपनि त्यो जित निर्णायक हुन नसक्ने दाबी गरे ।

उनले स्वतन्त्र व्यक्तिहरुमा वैचारिक र सैद्धान्तिक प्रष्टता पनि खोजेका छन् । उनले स्वतन्त्रहरुबीच पनि लार्जर एलायन्स बन्नुपर्नेमा जोड दिए । उनले निर्वाचन आउन धेरै समय नभएको अवस्था उल्लेख गर्दै उनले साना दल र स्वतन्त्रहरु देशको नेतृत्व गर्ने भूमिकामा आउन नसक्ने दाबी गरे ।

उनले निर्वाचनपछि वाम गठबन्धनबाट प्रचण्ड र एमालेबाट केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सम्भावना रहेको सुनाए । उनले अहिलेको सिनारियो नै भावी प्रधानमन्त्रीको रुपमा प्रचण्ड र ओली नै देखिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्