Logo

माओवादी प्रवेश गरेकै दिन द्धारिकालाल चौधरीको ठोकुवा : एमालेले सामान्य बहुमत ल्याए म राजनीतिबाट सन्यास लिन्छु (भिडिओसहित)



काठमाडौं, १६ असोज । आजमात्रै नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका द्धारिकालाल चौधरीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेको सामान्य बहुमतमात्रै आएपनि आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

पार्टी प्रवेशलगत्तै प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमाले सामान्य बहुमत ल्यायो भने आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनै नसक्ने भनेर आफूले ठोकुवा नगर्ने स्पष्ट पारे । उनले आगामी निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बन्नसक्ने बताए ।

यद्धपी उनले अहिले नै को प्रधानमन्त्री बन्छ ? भनेर भन्न नसकिने जिकिर गरे । तर, निर्वाचनपछि कांग्रेस र माओवादीले नै आलोपालो सरकारको नेतृत्व गर्ने उनको दाबी थियो । चौधरीले आफूले जीवनमा कहिल्यैपनि पदको लोभ नगरेको र त्यसको लागि राजनीति नगरेको स्पष्ट पारे ।

उनले आफूले एमाले नेतृत्वहरुसँग पदको लागि कसैको घरमा नधाएको जिकिर गरे । उनले आफू माओवादी प्रवेश गर्नुको कारण निजी स्वार्थ नभएको स्पष्ट पारे । उनले देशको परिवर्तनको लागि माओवादीले महत्वपूर्ण योगदान गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्