Logo

प्रचण्ड आजदेखि उम्मेदवार छान्न व्यस्त



काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आजदेखि उम्मेदवार चयन गर्नेगरि आन्तरिक परामर्शमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरु छलफलमा जुटेका छन् ।

यही सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्ड पनि गठबन्धनमा आफ्नो दलले पाएको क्षेत्रको लागि उम्मेदवार चयन गर्न परामर्शमा जुटेका छन् । खासगरी एक क्षेत्रमा पार्टीबाट नै धेरै आकांक्षी देखिएपछि दाहाल दबाबमा छन् ।

कतिपय शीर्ष नेताहरु दोहोरिन चाहेका छन् । तर, दाहाल भने यसपटक कतिपय शीर्ष नेताहरुलाई विश्राम दिएर युवा नेतालाई अघि सार्न चाहन्छन् । दाहाल आँफै कहाँबाट चुनाव लड्ने अझै तय भएको छैन् ।

पछिल्लो समय दाहालले चितवन ३ छाड्ने संकेत गरेका छन् । सोबारे हिजोमात्रै रिपोर्टर्स नेपाल डटकमले समाचार लेखेको थियो । गठबन्धनमा माओवादीले ४५ सिट पाउने चर्चा छ । कतिपय क्षेत्र माओवादीले जितेका छन् । गठबन्धनमा आज सिट बाँडफाँटबारे निर्णायक सहमति हुने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्