Logo

प्रचण्ड १६५ सिटमध्ये जुनसुकै क्षेत्रबाट उठ्न सक्नुहुन्छ: देव गुरुङ



काठमाडौं, १८ असार। नेकपा (माअाेवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहाँबाट लड्ने भन्ने फाइनल नभएकाे बताएका छन्। “बाबुराम भट्टराई गाेरखाबाट उठ्ने, नउठ्ने उहाँकाे कुरा हाे। जहाँसम्म प्रचण्डकाे कुरा हाे, संविधानत: जुनसुकै निर्वाचन क्षेत्रबाट उठ्न सकिन्छ।प्रचण्डका लागि १६५ क्षेत्र नै खुला छन्,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने।

नेता गुरुङले आफू लमजुङ छाडेर कास्की जाने निर्क्योल नभएकाे पनि बताए। उनले भने, “२०७४ मा लमजुङबाट लडेकाले मेराे जनसम्पर्क र जनसेवा त्यतै छ। कास्की १ बाट लड्ने नलड्ने पार्टीकाे कुरा हाे। म लमजुङमै निरन्तरता दिने पक्षमा छु।” महासचिव गुरुङले गठबन्धन दलले सिट टुंग्याउन नसक्नुमा एक दलकाे मात्र दाेष नभएकाे पनि आैंल्याए।

उनले थपे, “कार्यदल स्तरमा सिट पनि टुंगिएन, प्रिन्सिपल पनि बनेन। अब शीर्ष नेताहरू बसेर घनीभूत छलफल हुनपर्छ।एकदुई दिनभित्र गिभ एन्ड टेक हुन्छ।” जनता समाजवादी पार्टीकाे मुद्दा गठबन्धनमै मिल्ने भएकाले सम्झाैता हुने उनकाे दाबी छ। कृष्णप्रसाद सिटाैला कार्यदलकाे प्रतिवेदनमा माअाेवादी केन्द्रलाई ४४ सिट लेखिए पनि त्याे छलफलकै क्रममा रहेकाे पनि उनले बताए।



प्रतिक्रिया दिनुहोस्