Logo

गठबन्धन गरे पनि पुस्ता व्यवस्थापन हुन नसके राम्राे नतिजा आउँदैन: नैनसिंह महर



काठमाडौं, २० असाेज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रकाे चार पुस्ताकाे व्यवस्थापन हुन नसके आशातीत उपलब्धि हासिल नहुने औंल्याएका छन् । “अहिले सबै कुरा गठबन्धन बैठकमै अड्किएकाे छ। पार्टीभित्र छलफल र अन्तर्क्रिया हुन सकेकाे छैन। गुट व्यवस्थापनभन्दा पनि पार्टीभित्रकाे चार पुस्ताकाे व्यवस्थापन जरुरी छ। नत्र गठबन्धन भए पनि आशातीत उपलब्धि हुन सक्दैन,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने।

गठबन्धनले दुई महिनासम्म पनि सिटकाे टुंगाे लगाउन नसक्नु विडम्बना भएकाे उनकाे टिप्पणी छ। साथै उनले एकदुई सिटका लागि जनता समाजवादी पार्टीले लामाे सहकार्य नताेड्ने विश्वास समेत व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्